Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से परिसूचक ११.१९ अंकले उकालो

नेप्से परिसूचक ११.१९ अंकले उकालो

काठमाडौं, ५ असोज । गत ४ दिनमानै १४३ अंकले घटेको नेप्से सूचकमा बुधबार भने सामान्य सुधार देखिएको छ । बुधबार नेप्से सूचक ११.१९ अंकले बढेर १८४८.८० विन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकममा भने उच्च गिरावट आएको छ । मंगलबार १ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार कारोबार ७२ करोड रुपैयाँमा झरेको छ । यस दिन ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको २५ लाख ३१ हजार ३७० कित्ता शेयर कारोबार भएको छ ।

 

बुधबार सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने समिट लघुवित्तको ५.७३ प्रतिशत, मैलुङुग खोला जलविद्युतको ३.९० प्रतिशत, गणपति लघुवित्तको ३.८३ प्रतिशत र लिवर्टी इनर्जीको ३.८० प्रतिशतले बढेको छ ।

यता विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.६३ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रोको ३.१३ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको २.५५ प्रतिशत, गुँरास लघुवित्तको २.२१ प्रतिशत र स्वाभिमान लघुवित्तको २.१५ प्रतिशतले घटेको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x