गलैंचा निकासीकर्ता संघमा नयाँ नेतृत्व

काठमाडौं, २८ साउन । गलैंचा निकासीकर्ता संघको शुक्रबार राजधानीमा सम्पन्न १२औँ साधारणसभाले १८ सदस्यीय नयाँ कार्यसमितिलाई निर्विरोध चयन गरेको छ । कार्यसमितको अध्यक्षमा रामबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष दीपक बज्राचार्य, प्रथम उपाध्यक्ष प्रमोदराज सत्याल, द्वितीय उपाध्यक्ष समीरविक्रम शाह, तृतीय उपाध्यक्ष दावा शेर्र्पा, महासचिव तेन्जिङ शेर्पा, कोषाध्यक्ष दानबहादुर चन्द र सहकोषाध्यक्षमा निदेश अधिकारीलाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *