Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

युरोलाई उछिन्दै अमेरिकी डलर, नयाँ रेकर्ड कायम

युरोलाई उछिन्दै अमेरिकी डलर, नयाँ रेकर्ड कायम

काठमाडौं, ९ असोज । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । आइतबार मूल्य बढेर १ डलरको १२९ रुपैयाँ ८९ पैसा पुगेको छ भने १ युरोको १२६ रुपैयाँ ७९ पैसा कायम भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

राष्ट्र बंकले तोकेको अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको र युरोको खरिद मूल्य घटेर १२६ रुपैयाँ २० पैसा छ । गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो ।

बिहीबार १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २७ पैसा रहेकोमा शुक्रबार एकैदिन १ रुपैयाँ ४१ पैसाले बढेको थियो । आइतबार पनि डलरको मूल्य थप २१ पैसा बढेको हो ।

शुक्रबार डलरको मूल्य २ महिना अगाडिको रेकर्ड तोड्दै माथि लागेको थियो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेको थियो ।

अमेरिकी केन्द्रीय बैंक ‘फेडेरल रिजर्भ’ ९फेड० ले ब्याजदर बढाउँदा अमेरिक डलर बलियो हुँदै गएको छ । अमेरिकी डलर बलियो बन्दै जाँदा युरो भने कमजोर बन्दै गएको छ । २०१७ यता लगातार डलर भन्दा बलियो रहेको युरो पछिल्लो १र२ महिना यता भने कमजोर बनेको छ ।

शुक्रबार युरोको खरिद मूल्य १२७ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ १६ पैसा रहेको थियो । आज आइतबार युरोको खरिद मूल्य १२६ रुपैयाँ २० पैसा र बिक्री मूल्य १२६ रुपैयाँ ७९ पैसामा घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x