Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

वाणिज्य बैंकहरूमा २ सातामा थपियो ६७ अर्ब निक्षेप

वाणिज्य बैंकहरूमा २ सातामा  थपियो ६७ अर्ब निक्षेप

काठमाडौं, ११ असोज । चालु आर्थिक वर्षको सुरुवातदेखि निरन्तरजसो घटिरहेको निक्षेप पछिल्लो केही सातायता बढ्न थालेको छ । यस क्रममा गत साता (गत भदौ ३१ देखि असोज ७ गतेसम्म) मात्र वाणिज्य बैंकहरूमा २६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

त्यसअघिको साता वाणिज्य बैंकहरूको निक्षेप ४१ अर्ब रुपैयाँले बढेको थियो । यसरी हेर्दा पछिल्लो दुई सातामा वाणिज्य बैंकहरूमा मात्र ६७ अर्ब रुपैयाँ निक्षेप थपिएको बैंकर्स संघको तथ्यांक छ ।

हिन्दुहरूको महान चाड दसैं र तिहारको अवसरमा विदेशमा रहेका नेपालीहरूले रेमिट्यान्स पठाउने क्रम बढेको, कर्मचारीहरूको तलब भत्ता, दसैं बोनसलगायतमा सरकारी खर्च बढेकाले पछिल्ला साताहरूमा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सुधार भएको जानकारहरू बताउँछन्  ।

राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूमा वाणिज्य बैंकहरूमा मात्र ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । गत भदौ ३१ मा वाणिज्य बैंकहरूको यस्तो निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x