Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

हिमालयन बैंक र भिस्तारा एयरलाइन्स बीच सम्झौता

हिमालयन बैंक र भिस्तारा एयरलाइन्स बीच सम्झौता

काठमाडौं, १३ असोज । हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच आज १३ गते बिहीबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बंैकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन सुविधा प्रदान गर्ने भएको छ ।

 

यस सम्झौता पत्रमा बंैकका तर्फबाट बंैकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले बंैकका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।

 

हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६ हजार भन्दा बढी पीओएस टर्मीनल्स बाट सेवा प्रदान गर्दै आएको छ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु जस्तै अमेरिकन एक्सप्रेस, मास्टरकाड, भीसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन बैंक नेपालको एक मात्र बैंक हो । यसै गरी भिस्तारा एयरलाइन्स भारत भित्र तथा बाहिर गरी ३९ गन्तव्यहरुमा आफ्ना ५० वटा वायुयानहरु बाट दैनिक २५० भन्दा बढी उडानहरु संचालन गर्दै आएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x