Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का स्वीकृत

जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का स्वीकृत

काठमाडौं, १४ असोज ।  जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्न तीन वर्ष अगाडिको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ।

पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ।

जाजरकोट कुदु हुँदै चौखासम्म एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोट सम्मा अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले जानकारी दिएको छ।

तीन वर्ष सम्मा ठेक्का लिएर पनि काम नगर्दा यस पुर्वी जाजरकोट र डोल्पामा विद्यतीकरण गर्न मुस्किल हुँदै आएको थियो। नयाँ ठेक्का स्वीकृतसँगै कामले तिव्रता पाउने अपेक्षा लिइएको छ।

सुनिता एण्ड कविता मा शक्ति जेभी भक्तपुर र सुनिता एण्ड कविता ला निर्माण जेभी भक्तपुरले ठेक्का पारेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *