त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडाउन प्रतिवन्ध
काठमाडौं, १५ असोज । त्रिभुवन अन्तर्राष्ट्रियको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडान प्रतिवन्ध लगाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन नउडाउन सूचित गरेको हो ।
यस्तो कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने विमानस्थल कार्यालयको भनाई छ । यस्ता गतिविधि नगर्न भन्दै कार्यालयले अटेर गरेमा कानूनअनुसार कडा कारवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।