Date

मङ्ल, जेष्ठ १, २०८१
Tue, May 14, 2024

आज विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

आज विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौं,१९ असोज । आज दसैंको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजया दशमी मनाइँदैछ ।

टीकाको साइत खोजेर लगाउनेहरुका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई आज बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन सकिनेछ । यद्यपि साइत नखोज्नेहरुले आज दिनभर जुनसुकै बेला टीका लगाउन सक्नेछन् ।

टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तीको प्रतीकका रुपमा मनाइने विजयादशमी दसैंको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  ।

मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x