Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

स्वदेश फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ, हत्कडी लगाएर हिरासत लगियाे

स्वदेश फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ, हत्कडी लगाएर हिरासत लगियाे

काठमाडौं,२० असोज । नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई प्रहरीले पक्राउ गरी हत्कडी लगाएर हिरासत लगेको छ ।

कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले  बताए ।

आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x