Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

राष्ट्र बैंकले १८ अर्ब २५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै

राष्ट्र बैंकले १८ अर्ब २५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

राष्ट्र बैंकले १८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको फरक फरक ४ वटा ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने लागेको हो ।

२५ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल मार्फत् नवीकरण हुने केन्द्रीय बैंकले जनाएको छ । सोमबार बोलकबोल हुने ट्रेजरी बिलको निष्कासन भने २५ असोजमा हुनेछ ।

नेपाल राष्ट्र बैंक अनलाइन बिलिङ्ग सिस्टम सफ्टवेयर मार्फत दिउँसो ३ बजेसम्म बोलकबोलको लागि आवेदन दिने सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x