सवारी साधनको आयातमा लगाइएको प्रतिवन्ध हटाउन नाडाको आग्रह
काठमाडौं, २५ असोज । अहिले निजी क्षेत्र त्यस माथी पनि विशेषगरी अटोमोवाइल क्षेत्र राष्ट्र बैंक तथा सरकारको एक पछि अर्को नीति तथा निर्देशनका कारण अत्यन्त कठीन परिस्थितिमा गुज्रीरहेको छ । विशेषगरी अशोज २८ गतेसम्मको लागि निजी प्रयोजनका कार जीप भ्यान र १५० सि.सि भन्दा माथीका दुई पाँगे्र सवारी साधनहरुको लागि लगाइएको प्रतिवन्ध हटाउन नाडा अटोमावाइल्स एशोसिएशन अफ नेपालले अनुरोध गरेको छ ।
विगतमा सरकारले खाशगरी विदेशी मुद्रा संचितिमा दवाव परेको कारण देखाउदै २०७९ बैशाख १४ गते देखि जीप, कार र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाउदै आएको र त्यस प्रतिवन्धलाई क्रमशः विस्तार गर्दै २०७९ को आश्विन २८ गतेसम्म पु¥याएको छ । तर हाल विदेशी मुद्रा संचिति लगायत धेरै आर्थिक सुचकाङ्कहरु सकारात्मक अवस्थामा पुगेका छन् ।
देशलाई भन्सार विन्दुमा उठने परल मूल्य भन्दा दोब्बर राजश्व बुझाउदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याउने नेपालको अटोमोवाइल क्षेत्र हो । खर्बोको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेको अटोमोवाइल व्यवसाय आज सरकारको उक्त अदुरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको छ देखिन्छ ।
नेपालको कूल आयातमा नीजि प्रयोजनका कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत (१७ अर्ब मात्र) भन्दा कम रहेको प्राप्त तथ्याङ्कहरुबाटै स्पष्ट हुन्छ । तर यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अर्ब योगदान रहेको छ । नेपालमा पैठारी हुने हजारौ बस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पु¥याउने गर्दछ ।
यस तथ्यले नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट देखिन्छ ।