Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैंक अफ काठमाण्डूको चाडवाड लक्षित २५ प्रतिशत सम्मको नगदफिर्ता योजना

बैंक अफ काठमाण्डूको चाडवाड लक्षित २५ प्रतिशत सम्मको नगदफिर्ता योजना

काठमाडौं, १ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशत सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।

यस नगदफिर्ता योजना यहि २०७९ साल कार्तिक १ गते मंगलबारबाट २०७९ साल कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहकहरुले मात्र नगदफिर्ता पाउने बताइएको छ ।

उक्त नगदफिर्ता योजना अन्र्तगत बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा रु. १५० सम्मको नगदफिर्ता पाउने छन् । बैंकले यस योजनाबाट समग्र विधुतिय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ ।

यस बैंकले ग्राहकहरु तथा शेधरधनीहरुको उच्चतम् लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहक मैत्री योजनाहरु तथा बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट शेयरधनी महानुभावहरुलाई २०.९५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव ल्याएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x