Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

कम्पनी रजिस्ट्रारमा दर्ता भएकामध्ये ४० प्रतिशत कम्पनी मात्र नवीकरण

कम्पनी रजिस्ट्रारमा दर्ता भएकामध्ये ४० प्रतिशत कम्पनी मात्र नवीकरण

काठमाडौं, २ कात्तिक । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएकामध्ये करिब ४० प्रतिशत कम्पनी मात्र नवीकरण भएको पाइएको छ । कम्पनी रजिस्ष्ट्रारको कार्यालयका अनुसार कार्यालयमा करिब ३ लाख कम्पनी दर्ता भएका छन् । तीमध्ये अघिल्लो आर्थिक वर्षसम्ममा ९१ हजार ७ सय ४७ रहेको नवीकरण भएका थिए । यस्तै गत आवमा कर छुटका कारण २५ हजार ८ सय ६० कम्पनीले नवीकरण गराएका छन् ।

कुल दर्ता भएका कम्पनीको तुलनामा नवीकरण भएका कम्पनी गत आवसम्ममा ३९.९१ प्रतिशत मात्र रहेको कार्यालयको तथ्यांक छ । नियमित नवीकरण गराउने कम्पनीको संख्या ३१.१४ प्रतिशत रहेको छ ।
कार्यालयका अनुसार असोज दोस्रो सातासम्म दर्ता भएका २ लाख ९४ हजार ६ सय २० कम्पनीको चुक्ता पुँजी भने २९ खर्ब ६२ अर्ब १० करोड १५ लाख ७८ हजार ६ सय ८० रुपैयाँ ७७ पैसा बराबर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x