Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

बिओके क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न

बिओके क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ५ कात्तिक । बिओके क्यापिटल मार्केट लि. को साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बसेको सातौँ वार्षिक साधारणसभाले आ .व .२०७८/७९ को वित्तिय विवरणहरु परित गर्नुका साथै आ .व .२०७८/७९ मा सचिंत मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय अनुमोदन गरेको छ ।

यस्तै आगामी आ .व . २०७९/८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको छ भने बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल, कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

यस कम्पनीले समिक्षा अवधिमा ६ वटा कम्पनीहरुको प्राथमिक शेयर तथा हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, भने जम्मा ११ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको छ । यस कम्पनीले हालसम्म जम्मा ८५,६८९ हितग्राही खाता खोलिसकेको छ । लगानी व्यवस्थापन सेवा अन्र्तगत ९८ जना को १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ ।

मूल्य अभिवृद्धि र बढ्दो व्याजदरले शेयर बजारमा समेत ४० प्रतिशत भन्दा बढी गिरावट आएकोे यस्तो कठिन अवस्थामा पनि यस कम्पनीले सुझबुझका साथ कार्यसम्पादन गरी कात्तिक ४ गते सातौ वार्षिक साधारणसभा बाट प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित गर्न सफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *