Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

भारतले चिनी निर्यातको प्रतिबन्ध एक वर्ष लम्ब्यायो

भारतले चिनी निर्यातको प्रतिबन्ध एक वर्ष लम्ब्यायो

काठमाडौं, १३ कात्तिक । भारतले चिनी निर्यातमा पछिल्लो चार महिनादेखि लगाउँदै आएको प्रतिबन्ध थप एक वर्षका लागि लम्ब्याउने निर्णय गरेको छ।

शुक्रबार अबेर एक सूचना जारी गर्दै भारतले चिनी निर्यातमा लगाइएको प्रतिबन्ध सन् २०२३ को अक्टोबरसम्मका लागि लम्ब्याउने निर्णय भएको जानकारी दिएको हो।

गत मे महिनामा निर्यात अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र घरेलु बजारमा चिनीको भाउ बढेको भन्दै भारतले चिनी निर्यातमा प्रतिबन्धको निर्णय गरेको थियो।

यसअघि भारतीय सरकारी अधिकारीहरुले यस वर्ष भारतको उखु उत्पादन अहिलेसम्मकै उच्च हुने बताएका थिए। उनीहरुले यस वर्ष उत्पादन भएको उखु उत्पादनको आधारमा सरकारले ८० लाख टन चिनी निर्यात गर्न सक्ने बताएका थिए।

विशेषगरी भारतले रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिएपछि चिनी निर्यातमा रोक लगाएको थियो।

भारतले प्रतिबन्ध लगाउनुअघि नेपालले भारतबाट वार्षिक १ लाख ६० हजार मेट्रिक टन चिनी आयात गर्दै आएको थियो।

चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *