Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हिमालयन बैंकद्वारा त्रिवि शिक्षण अस्पताललाई ४ लाख ५३ हजार बढीको बारकोड रिडर र प्रिन्टर प्रदान

हिमालयन बैंकद्वारा त्रिवि शिक्षण अस्पताललाई ४ लाख ५३ हजार बढीको बारकोड रिडर र प्रिन्टर प्रदान

काठमाडौं, १४ कात्तिक । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई चार लाख त्रिपन्न हजार आठ सय चालिस मुल्यको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको छ ।

सो बारकोड रिडर र प्रिन्टर बैंकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीहरु लाई सहजता होस् भन्ने मनसायले एक समारोह बीच प्रदान गरेको हो । बारकोड रिडरको कमिले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरुले सेवाग्राहीहरुको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएको हुँदा उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत होस् र छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले बंैकले उक्त समाग्रीहरु प्रदान गरेको बताएको छ ।

सहयोगका सामाग्रीहरु बंैकका तर्फबाट बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी संचालक प्रो. डा. दिनेश काफ्लेलाई हस्तान्तरण गरेका थिए । सो समारोहमा बंैक तथा अस्पतालका अन्य पदाधिकारी एवं कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x