Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता हुने

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता हुने

काठमाडौं, १८ कात्तिक । लक्ष्मी बैंकको आयोजनामा खुल्ला गल्फ प्रतियोगिता हुने भएको छ। आगामी शनिबार गोकर्ण गल्फ क्लबमा प्रतियोगिता हुने भएको हो। सन् २०१४ देखि हुँदै आएको प्रतियोगिताको यो सातौँ संस्करण हो।

बफोर्ड फरम्याटमा प्रतियोगिता हुनेछ। जसमा सयभन्दा बढी महिला तथा पुरुष खेलाडीले भाग लिनेछन्। सिनियरतर्फ ६० र त्यसमाथि तथा जुनियरतर्फ १७ र त्यसमुनि उमेरका प्रतियोगी हुनेछन्।

विभिन्न विधामा विजेता, रनर अप, बेस्ट ग्रस, महिला विजेता, सिनियर विजेता, सिनियर रनरअप, विनर गेस्ट क्याटेगोरी, जुनियर विनर, लंगेस्ट ड्राइभलगायतमा पुरस्कृत गरिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x