Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेपाल बैंकले लुम्बिनी प्रदेशका अनुदानग्राही उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने

नेपाल बैंकले लुम्बिनी प्रदेशका अनुदानग्राही उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने

काठमाडौं, १९ कात्तिक । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड, प्रादेशिक कार्यालय बुटवल र लुम्बिनी प्रदेश सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय संग उद्यम बिकास कोष संचालन नियमावली २०७७ अनुसार आ.व. २०७९.८० को प्रस्ताव बमोजिम अनुदानग्राही उद्यमीहरुलाई ब्याज अनुदानमा कर्जा प्रवाहगर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।
यस सम्झौता बमोजिम पाँच बर्षकालागी प्रवाह गर्ने ऋणमा ब्याज अनुदानको सिमा बढिमा तीन बर्षसम्म पाँच लाख रुपंैयामा नबढ्नेगरी ऋणको परिमाण निबेदकको माग बमोजिम प्रति उद्यमी अधिकतम बीस लाख रुपैया सम्म हुनेछ । यस सम्झौता बमोजिम ब्याज अनुदानकालागी एघार करोड रुपैंया उक्त कोषमा बिनियोजन गरिएको छ ।
यस सम्झौता बमोजिम अनुदानग्राही उद्यमीहरुलाई कर्जा प्रदान गर्दा बैंकले सेवा शुल्क वाफत ०.४० प्रतिशत, नियमानुसार कर्जा सूचना शुल्क तथा बिमा प्रिमियम आदी मात्र शुल्क लिनेछ । बैंकले लिएको ब्याज त्रैमासिक रुपमा मन्त्रालयले शोधभर्ना गरी अनुदानग्राहीको खातामा जम्मा गर्ने ब्यबस्था मिलाईएको छ । ब्याज अनुदानमा कर्जा प्रवाहगर्ने सम्बन्धि सम्झौता बमोजिम उद्यमीहरुले बैंकले माग गरेका कागजातहरु र बैंक नियमानुसारको धितो सुरक्षण र आबश्यक जमानत दिनु पर्नेछ ।

नेपालभर २२२ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्गप्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । बैंकले आगामी कार्तिक ३० गते आफ्नो ८६ औं बार्षिकोत्सवविभिन्न कार्यक्रमहरु आयोजना गर्दै भब्य रुपमा मनाउन गैरहेकोछ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x