राष्ट्रपति भण्डारीद्वारा सोलुखुम्बुमा बनेको हिमालयन शेर्पा हस्पिटल उद्घाटन
काठमाडौं, २० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा निर्माण भएको ‘हिमालयन शेर्पा हस्पिटल’ उद्घाटन गर्नु भएको छ ।
आइतबार राष्ट्रपति भण्डारीले उद्घाटन गरेसँगै २४ घण्टे आकस्मिक सेवासहितको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ ।
करिब १२ हजार स्थानीय र सगरमाथा क्षेत्रमा भ्रमणमा आउने स्वदेशी र विदेशी पर्यटकको उपचार गर्ने उद्देश्यले फाउन्डेसनले अस्पताल सञ्चालनमा ल्याइएको संस्थापक एवम पर्यटन व्यवसायी फुर्वा ग्याल्झेन शेर्पाले जानकारी दिएका छन् ।
सो हिमालयन शेर्पा फाउन्डेसनले करिब २० करोड रुपैयाँ लागतमा अस्पताल स्थापना गरेको हो ।