Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

काठमाडौं, २२ कात्तिक । बीमा समितिले आज मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम सुरुगरेको छ । नेपालको बीमा व्यवसायबीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो ।

नेपाल बीमा प्राधीकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले एक कार्यक्रमका बीच औपचारिक रुपमा उद्यघाटन गर्दै प्राधिकरण पस्चात बीमा कम्पनीको स्थापना गर्न पूर्वस्वीकृति दिने, इजाजतपत्र प्रदान गर्ने तथा खारेजी गर्ने, बीमा व्यवसायका लागि आवश्यक विनिमय, निर्देशिका, मार्गदर्शन र आदेश जारी गर्ने, बीमा मध्यस्थकर्तालाई इजाजतपत्र प्रदान गर्ने, नवीकरण तथा खारेजी गर्ने लगायत अधिकारहरु प्रधिकरणमा रहेको बताउनु भएको छ ।

यस्तै बीमक गाभ्न वा गाभिन सक्ने, बीमा व्यवसाय हस्तान्तरण गर्न सक्ने, नेपाल बीमा प्राधिकरणले बीमकलाई गाभ्न वा गाभिन निर्देशन दिनसक्ने, बीमकले अर्को बीमक प्राप्ति गर्न सक्ने, कुनै बीमकले कानून विपरित कामम गरेमा त्यस्तो बीमकको इजाजतपत्र निलम्बन गर्न वा व्यवसाय गर्न रोक लागउन र इजातजपत्र खारेज गर्नसक्नेसम्मका अधिकार प्राधिकरणमा रहेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउनु भएको छ । प्राधिकरणले समय समयमा चुक्ता पूँजी निर्धारण गरे बमोजिम बीमकले चुक्ता पूँजी कायम गर्नु पर्ने समेत बताउनु भएको छ ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बा बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियोे । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा समिति प्राधिकरण बनेको हो ।

पुरानो बीमा ऐन आजदेखि खारेज भइ नयाँ ऐनमा भएका व्यवस्था लागु हुनेछन् । ऐनले बीमा समितिको संरचनालाई बीमा प्राधिकरणको संरचना हुने भनिदिएको हुँदा यो संरचनाले आफ्नो कार्यअवधिभर काम गर्न पाउने छन् । त्यस पछि ऐनमा लेखिए अनुसारको संरचना हुनु पर्नेछ ।

ऐनले विभिन्न बीमा कोषको व्यवस्था गरिदिएको छ । ति कोषबाट बीमा हितका लागि काम गर्न सकिनेछ । नियमन शुल्कलाई घटाइएको छ । एउटा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीको लाइसेन्स लिन पाउने छन् । अभिकर्ताको योग्यतालाई ऐनमा उल्लेख नगरिए पनि उनिहरुलाई नियमन गर्न विभिन्न व्यवस्था राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x