Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुनचाँदी ब्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न आग्रह

सुनचाँदी ब्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न आग्रह

काठमाडौं, २३ कात्तिक । सुनचाँदी ब्यवसायीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागसँग आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधीमण्डले सुनचाँदी ब्यवसाय सञ्चालन सम्बन्धी निर्देशकाको अभावमा ब्यवसाय सञ्चालनमा नै बाधा पुुगेको भन्दै सिधै निर्देशका जारी गर्न आग्रह गरेको हो ।

त्यसक्रममा वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागका महानिर्देशक कमल भट्टराईले ब्यवसायीहरुको मागलाई आफूले सकारात्मकरुपमा लिएको र सिघ्र निर्देशका जारी गर्न पहलगर्ने बताए । यसकालागि आवश्यक अध्ययनगरी सिघ्र प्रकृया अगाडि बढाउने आश्वाशन उनले दिए ।
सुनचाँदी ब्यवसाय सञ्चालन सम्बन्धी प्रष्ट निर्देशिका नहुँदा ब्यवसायीहरु मर्कामा पर्दै आएका छन् ।

यसैबीच ब्यवसायीहरुले बजारको माग अनुरुप आपूर्ति ब्यवस्था मिलाउनकालागि आवश्यक पहलगर्न पनि विभाग समक्ष आग्रह गरे । पछिल्लो समय बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा सुनचाँदी ब्यवसायी मर्कामा परेका छन् । विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको छ ।

पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदैआएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको ब्यवसायीहरुको भनाई छ ।
भेटका महासंघका उपाध्यक्ष द्धय पवनकुमार सोमानी र महेन्द्ररत्न शाक्य, महासचिव धर्मशुुन्दर बज्राचार्य र सचिव किरणभाई बज्राचार्यको उपस्थिति थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x