Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

उर्जाक्षेत्रमा सबैभन्दा धेरै लगानी प्रस्ताव

उर्जाक्षेत्रमा सबैभन्दा धेरै लगानी प्रस्ताव

काठमाडौं, २५ कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको ऊर्जाक्षेत्रमा सबैभन्दा धेरै लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार ऊर्जाका उद्योगमा ५८ अर्ब २२ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

यसैगरी उत्पादनजन्यमा नौ अर्ब १९ करोड ८६ लाख रुपैयाँ, सेवाजन्यमा आठ अर्ब २७ करोड ७१ लाख रुपैयाँ, पर्यटनजन्यमा ११ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ, सूचना सञ्चार तथा प्रसारण प्रविधिजन्यमा २६ करोड रुपैयाँ, कृषि तथा वन पैदावरजन्यमा १५ करोड रुपैयाँ र खनिजजन्यमा १० करोड ५७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

ऊर्जाजन्य १९ वटा, उत्पादनजन्य २७ वटा, सेवाजन्य १४ वटा, पर्यटनजन्य २१ वटा, सूचना प्रविधिजन्य तीनवटा, कृषि तथा वन पैदावर जन्य एउटा र खनिजजन्य एउटा स्थापना गर्न लागि उक्त लगानी प्रस्ताव गरेका हुन् । पर्याप्त पानी र उपयुक्त भू–बनोटको कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको ऊर्जा अर्थात् विद्युत् गृह स्थापना गर्न आकर्षित भएको पाइन्छ । नेपालको ऊर्जा क्षेत्रमा गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले पनि आकर्षित भएको पाइन्छ । जसले गर्दा एनआरएनएले विभिन्न विद्युत् गृह निर्माण कार्य अघि बढाएका छन् ।

यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा भने सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जाजन्यमा ६६ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ, उत्पादनजन्यमा २७ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ, सेवाजन्यमा १७ अर्ब १३ करोड ३१ लाख रुपैयाँ, पर्यटनजन्यमा आठ अर्ब ४७ करोड ८६ लाख रुपैयाँ, कृषि तथा वन पैदावरजन्यमा एक अर्ब ३८ करोड ६१ लाख रुपैयाँ र सूचना प्रविधिजन्यमा २० करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । उक्त लगानी प्रतिबद्धता ऊर्जाजन्य १३ वटा, उत्पादनजन्य ३८ वटा, सेवाजन्य १५ वटा, पर्यटनजन्य ११ वटा, कृषि तथा वन पैदावरजन्य सातवटा र सूचना, सञ्चार तथा प्रसारण प्रविधिजन्य दुईवटा उद्योग स्थापनाका लागि जनाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x