Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

जीबीआईएबाट डिसेम्बर अन्तिमदेखि उडान थाल्दै नेपाल एयरलाइन्स

जीबीआईएबाट डिसेम्बर अन्तिमदेखि उडान थाल्दै नेपाल एयरलाइन्स

भैरहवा, २७ कात्तिक । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए)बाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडान गर्ने तयारी गरेको छ । विदेशी वायुसेवा कम्पनीमध्ये हाल कुवेतको जजिरा एयरले मात्र उडान भर्दै आएकामा अब नेपाल एयरलाइन्सले समेत उडान थाल्ने गरी तयारी गरेको हो । विमानस्थलका अनुसार आगामी डिसेम्बर अन्तिम साताबाट उडान भर्ने गरी तयारी अगाडि बढेको छ ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा समिति गठन भएको र यसले अध्ययन गरिरहेको निगमले जनाएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनाअघि व्यावसायिक सञ्चालनमा आएको हो । यस अवधिमा अपेक्षित रूपमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि थप आकर्षण पनि दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x