चुनावपछि आउने सरकारसामु अर्थतन्त्रको अप्ठ्यारो सहज बनाउनुपर्ने चुनौती (भिडियो सामग्री)
विगत एक वर्षदेखि नै अप्ठ्यारो अवस्थामा पर्न थालेको नेपालको अर्थतन्त्र सहज हुने संकेत देखिएको छैन । कोभिडपछि विस्तारै बढ्न थालेको आर्थिक व्यावसायिक गतिविधिमा तरलता अभावले शुरूमै धक्का लाग्यो । यो अवस्था सहज हुने अपेक्षामा बैंकहरूले निक्षेपमा बढाएको ब्याजदर समेत प्रभावकारी भएन । यसले उल्टै बैंकहरूको आधारदर र कर्जाको ब्याज महँगो बनेपछि यति बेला उद्योगी व्यवसायीमा चरम निराशा छाएको छ । यस्तै केन्द्रीय बैंकले कार्यान्वयनमा ल्याएको चालू पूँजी मार्गदर्शनको समेत उनीहरूले विरोध गर्दै आएका छन् । आर्थिक क्षेत्रमा एकपछि अर्को समस्या थपिँदै जानुका कारण के हुन् त ? अनि यसको सहज समाधान कसरी होला ? साप्ताहिक आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’का लागि तयार पारिएको एक रिपोर्ट ।