Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अल्का अस्पतालद्वारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

अल्का अस्पतालद्वारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं, २९ कात्तिक । अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।

विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरमै मधुमेह भएका बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय भन्दा बढी मधुमेहका विरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए । एचबिएवान सी, पीपी र फास्टिङ लगायतका ल्याव टेष्टमा पनि निशुल्क परीक्षण गरिएको उनले जानकारी दिए ।

मधुमेहका बिरामीहरुलाई मात्र लक्षित गरेको आयोजना गरिएको सो कार्यक्रममा चिकित्कसको सिफारिस अनुसार १० दिनसम्मका लागि पुग्ने औषधि पनि वितरण गरिएको उनले बताए ।

निशुल्क स्वास्थ्य परीक्षणमा सहभागी भएकाहरुलाई २ हप्तासम्म फ्लो अप गर्दा कुनै पनि शुल्क नलाग्ने अस्पतालले जनाएको छ । त्यस्तै अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा बिहान जनचेतनामुलक र्याली पनि निकालेको थियो ।

अस्पताल परिसरबाट शुरु भएको र्याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेलहुदैँ अस्पताल प्राङगणमा पुगेर टुंगिएको थियो ।
र्यालीमा अस्पतालका अध्यक्ष कुमार थापा, संचालक रामेश्वर थापा, कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा लगायतकाको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x