
काठमाडौं, २९ कात्तिक । बैंक तथा वित्तीय संस्थाहरुबाट बैंक व्याज लगायतका विषयमा गरिएको निर्णयबाट उद्योग व्यवसाय क्षेत्रमा परेको असरका कारण व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आएको तथा नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूंजी कर्जा मार्ग दर्शन आजको विषम परिस्थितिमा उद्योग व्यवसायको प्रकृति नबुझी बैकिंग क्षेत्रमा देखिएको अस्थिर अवस्थाका कारण उद्योगी व्यवसायीहरुलाई पलायन हुनबाट जोगाउन अनुकूल वित्तीय वातावरण निर्माणका लागि भन्दै कात्तिक २७ गते आइतवार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकालको नेतृत्वमा प्रदेश नं. १ का जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ लगायत उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र् बैंक प्रदेश न.. १ का निर्देशक तथा मुख्यमन्त्रीको सचिवलाय प्रदेश नं. १ मा बैंकिंग क्षेत्रमा गर्नु पर्ने विभिन्न सुधार सहितको सुझाव समेटिएको ज्ञापन पत्र हस्तान्तरण गरिएको छ ।
उक्त अवसरमा महासंघका अध्यक्ष टिकाराज ढकालले चर्को बैंक व्याजदरका कारण अहिले उद्योगी व्यवसायीहरु ठूलो मारमा परिरहेको हुँदा समयमै यसको समाधानका लागि नेपाल सरकार र नेपाल राष्ट्र् बैंकलाई अनुरोध गर्दै व्यवसायीहरुका जायज माग माथि वेवास्ता गरिए आगामी दिनमा अझ कडा रुपमा विरोधका कार्यक्रम ल्याउने समेत बताए ।]
ज्ञापन पत्रको पुर्ण पाठ
Leave a Reply