Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आन्तरिक राजस्वतर्फ लक्ष्यको ८१ प्रतिशत असुली

आन्तरिक राजस्वतर्फ लक्ष्यको ८१ प्रतिशत असुली

काठमाडौं, २ मंसिर । कात्तिक महिनामा लक्ष्यको ८१ प्रतिशत मात्रै कर राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व विभागका अनुसार कात्तिकमा ३५ अर्ब ९२ करोड रु. ३८ लाख राजस्व सङ्कलनको लक्ष्य राखिएकामा २९ अर्ब पाँच करोड ७८ लाख सङ्कलन भएको हो ।

कात्तिकमा नौ अर्ब ८१ करोड ६८ लाखआयकर सङ्कलन गर्ने लक्ष्य तोकिएकामा सात अर्ब ४२ करोड ४२ लाख रुपियाँ मात्र सङ्कलन भएको छ । त्यस्तै दस अर्ब ८० करोड २५ लाख मूल्य अभिवृद्धि कर सङ्कलनको लक्ष्य रहेकोमा सात अर्ब ४४ करोड ४९ लाखमा सीमित भएको छ ।

अन्तःशुल्कतर्फ लक्ष्यभन्दा बढी सङ्कलन गर्न सफल भएको छ । आठ अर्ब १३ करोड ६५ लाखअन्तःशुल्क सङ्कलनको लक्ष्य रहेकामा आठ अर्ब ३९ करोड १७ लाख सङ्कलन भएको विभागले जनाएको छ । त्यस्तै छ अर्ब ४६ करोड १८ लाख ब्याज आम्दानी गर्ने लक्ष्य रहेकामा पाँच अर्ब १५ करोड ९४ लाख रुपियाँ प्राप्त भएको छ । घरभाडा कर लक्ष्यको ८५ प्रतिशत सङ्कलन भएको छ । १४ करोड ४६ लाख रुपियाँ घरभाडा कर उठाउने लक्ष्य रहेकामा १२ करोड ३६ लाख रुपियाँ मात्र सङ्कलन भएको छ । स्वास्थ्य सेवा कर कात्तिकमा ४१ करोड रुपियाँ सङ्कलन भएको छ ।

विभागले ४२ करोड ७५ लाख रुपियाँ स्वास्थ्य सेवा कर सङ्कलन गर्ने लक्ष्य राखेको थियो । त्यस्तै शिक्षा कर शीर्षकमा विभागले १० करोड ३८ लाख रुपियाँ सङ्कलन गरेको छ जब कि कात्तिकमा १३ करोड ३८ लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x