Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कृषि मन्त्रालयको बजेट खर्च साढे २३ प्रतिशत

कृषि मन्त्रालयको बजेट खर्च साढे २३ प्रतिशत

काठमाडौं, ३ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७९र८० को पहिलो तीन महिना अवधिमा गरेका कामको समीक्षा गरेको छ । कृषि मन्त्रालयले यही बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति ९एमडेक० बैठकमा प्रथम त्रैमासिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेको थियो ।

चालु आवका लागि कृषि तथा पशुपन्छी मन्त्रालयका लागि रु ५५ अर्ब ८९ करोड बजेट छुट्याएको थियो । पहिलो त्रैमासिक अवधिमा रु १३ अर्ब २० करोड बराबर बजेट खर्च भएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । यो अवधिमा मन्त्रालयले चालुतर्फ रु १३ अर्ब आठ करोड दुई लाख ३८ हजार र पुँजीगततर्फ रु १२ करोड ४९ लाख ८९ हजार बराबर मात्रै खर्च गरेको प्रथम त्रैमासिक समीक्षा प्रतिवेदनमा देखिन्छ ।

त्यस्तै, गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा कृषि उपजको आयात ३२ प्रतिशतले घटेको छ । ‘चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा रु ६९ अर्ब १६ करोड बराबरको कृषि उपज आयात भएको छ । जबकि गत आवको पहिलो त्रैमासिक अवधिमा रु एक खर्ब १६ करोड बराबरको कृषि उपज आयात भएको थियो,’ मन्त्रालयको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयको गत आर्थिक वर्षसम्ममा फछ्र्योट हुन बाँकी रहेको बेरुजु रु आठ अर्ब २० करोड ४७ लाख ७७ हजार रहेको थियो । पछिल्लो तीन महिनामामा रु ९२ करोड ७३ लाख ४६ हजार फछ्र्योट भएर अहिले रु सात अर्ब २७ करोड ७४ लाख ३१ हजार बेरुजु कायम रहेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै कृषि तथा पशुपन्छी मन्त्रालयमा आएका ४६ दशमलव ७३ प्रतिशत गुनासो फछ्र्योट भएका छन् ।

स्वीकृत वार्षिक कार्यक्रम र बजेटको त्रैमासिक विभाजनमा फरक पर्दा निकासामा समस्या भएकाले बजेट खर्च कम देखिएको पनि मन्त्रालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x