Date

बिहि, चैत्र २७, २०८१
Thu, April 10, 2025

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, आज पहिलो दिन पाँच घण्टा उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, आज पहिलो दिन पाँच घण्टा उडान

काठमाडौं, ६ मंसिर । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि क्यालिब्रेसन फ्लाइट अर्थात् यान्त्रिक परीक्षण उडान सुरु गरेको छ । थाइल्यान्डबाट आएको एरो थाई कम्पनीको विमानले यान्त्रिक परीक्षणको काम सुरु गरेको हो ।

थाइल्यान्डबाट विमानसँगै पाँचजना प्राविधिकको टोली परीक्षण उडानका लागि पोखरा आएका थिए । सात दिनसम्म हुने परीक्षण उडानको पहिलो दिन थाई जहाजले पाँच घण्टा उडान गरेको विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीले जानकारी दिए ।  विशेष उपकरणजडित विमानले पहिलो दिन धावनमार्ग, लाइटसँगै अन्य उपकरणको परीक्षण गरेको थियो ।

सात दिनको परीक्षण उडानका क्रममा उक्त विमानमार्फत विमानस्थलमा जडान गरिएका सञ्चार, ग्राउन्ड सिस्टम, टावर, रेडियो फ्रिक्वेन्सी, नेभिगेसन, सर्भिलेन्स, कम्युनिकेसन, कन्ट्रोल टावरलगायतका उपकरणको अवस्था कस्तो छ र तिनीहरूले ठीक ढंगले काम गरे–नगरेको जाँच हुने उनले बताए ।

सात दिनको परीक्षण उडानपछि एरो थाई कम्पनीले प्रतिवेदन पेस गर्नेछ । त्यसपछि मात्र व्यावसायिक उडानका लागि योग्य रहे–नरहेको थाहा हुने छ । परीक्षण उडान ६, ७, ८, ९, ११ र १२ गते पनि हुनेछ । प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजे र त्यसपछि पुनः दिउसो २ः३० बजेदेखि ५ः३० बजेसम्म गरी दुई चरणमा परीक्षण उडान हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x