Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

एनसेलले शुरु गर्‍यो नयाँ प्रिपेड प्लान, ग्राहकको आवश्यकता अनुसार सेवा लिन सकिने

एनसेलले शुरु गर्‍यो नयाँ प्रिपेड प्लान, ग्राहकको आवश्यकता अनुसार सेवा लिन सकिने

काठमाडौं, ६ मंसिर । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन् ।

नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् । यी प्याकहरु मसिर ४ गते देखि नै संचालनमा आइसकेका छन् । ग्राहकले सजिलोको कर सहित रु.९७, सहयात्री प्लानको रु.९८ र सही यो प्लान रु.९९ मा लिन सक्छने छन् ।

स्टार्टर प्याक अन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रुपमा सजिलो प्लान प्राप्त गर्दछन् । यसमा रु १० मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको २० वटा अन नेट एसएमएस रहेको हुन्छ । त्यस्तै यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत कर सहित रु १.६२ प्रति मिनेटमा कल, रु १ मा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक रु १ मा पठाउँन सक्छन् ।

वैदेशिक रोजगारीको योजना भएका व्यक्तिका लागि सहयात्री प्लान रहेको छ । यो प्लान अन्तर्गत ग्राहकले रु १० मेन ब्यालेन्स, १०० एमबी डेटा, ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्दछन् ।

सहयात्री प्लान अन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन् भने यस सेवा अन्तर्गत ग्राहकल आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफुले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्छन् । यसका साथै यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेट पछि छुट प्राप्त गर्न सक्छन् ।

त्यस्तैगरी अर्को स्टार्टर प्याक हो युवा वर्गलाई लक्षित सही यो प्लान । यो प्लान अन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसिमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् ।

यसका साथै, यी सबै स्टार्टर प्याकहरुमा पहिलो रिचार्ज अफर पनि रहेको छ । यो योजना अन्तर्गत सिम कार्ड सुचारु भएको अर्को दिनको मध्य राति सम्म रु २०० र सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन् । प्राप्त बोनस पे एज यू गो अन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ । बोनस रकम ३ दिनको लागि मान्य रहन्छ ।

यस्तै नेपाल घुम्न आउने पर्यटकहरुका लागि पनि एनसेलले रु १००, रु ५०० र रु १००० का तीन प्लानहरु प्रदान गर्दै आएको छ । रु १०० को प्लानमा ग्राहकले २०० एमबी डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्छन् । रु ५०० को प्लानमा पर्यटकले रु ५० मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसिमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्छन् । त्यस्तै रु १००० को प्लान अन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले रु ५० मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समयसिमा रहेको २५ जीबी डेटाबाट फाइदा लिन सक्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x