चार महिनामा ऊर्जा क्षेत्रमा ६६ अर्ब ५८ करोडको लगानी प्रतिबद्धता

काठमाडौं, ७ मंसिर । चालू आर्थिकको पहिलो चार महिनामा ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि कात्तिकसम्ममा ऊर्जाका २१ परियोजनामा ६६ अर्ब ५८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
यसैगरी सेवामूलक क्षेत्रका १४ परियोजनाबाट आठ अर्ब २७ करोड रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ । यसैगरी उत्पादन क्षेत्रमा ९ अर्ब १९ करोड ८६ लाख लगानी प्रतिबद्धता आएको छ । समग्र लगानी प्रतिबद्धता भने ९६ अर्ब १६ करोड ५८ लाख रुपैयाँ बराबरको रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ३४ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।