Shangrila

नेप्से परिसूचक घट्यो ७.७२ अंकले

काठमाडौं, ७ मंसिर । यस साताको चौंथो कारोबार दिन बुधबार शेयर कारोबार नेप्से ७.७२ अंकले ओरालो लागेको छ ।

यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ७.७२ अंकले घटेर १९२१.९९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशतले बढी हो ।

बुधबार २२३ कम्पनीको २८ लाख ३९ हजार ३ सय ७३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २ करोड २२ लाख ९३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

ठुला कम्पनिको उपसूचक भने १.७० अंकले घटेर ३७७.९० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.४५ प्रतिशतले घटेको हो ।

यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ११ समूहका कम्पनीको कारोबार घटेको छ भने २ समूहका कम्पनीको कारोबार बढेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *