Shangrila

नेप्से परिसूचक ११.५६ अंकले उकालो

काठमाडौं, ८ मंसिर । यस साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार नेप्से ११.५६ अंकले उकालो लागेको छ ।

यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.६० प्रतिशतले बढी हो ।

बिहीबार २३२ कम्पनीको २५ लाख ६९ हजार २ सय २९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३५ करोड २८ लाख ८५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

क वर्गका कम्पनिको उपसूचक ३.०२ अंकले बढेर ३८०.९२ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.८० प्रतिशतले बढी हो ।

यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समूहका कम्पनीको कारोबार बढेको छ भने एउटा निर्जीवन बीमा समूहका कम्पनीको कारोबार घटेको छ । यस दिन सबै भन्दा धेरै ६०.२९ अंकले उत्पादन समूहका कम्पनीको कारोबार बढेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *