Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राजधानीमा फेरी बर्ड फ्लू, करिब ५ हजारबढी हाँस कुखुरा नष्ट

राजधानीमा फेरी बर्ड फ्लू, करिब ५ हजारबढी हाँस कुखुरा नष्ट

काठमाडौं, जेठ १२ । झण्डै पाँच बर्ष पछी राजधानीमा फेरी बर्ड फ्लू भेटिएपछि करिब ५ हजार हाँस, कुखुरा,  नष्ट गरिएको छ । काठमाण्डौंको तारेकेश्वर नगारपालिका धर्मस्थली क्षेत्रमा केही किसानको पोल्ट्री फर्ममा पालिएका हाँसमा बर्डफ्लू भेटिए पछी ५ हजार ४ सय ५१ हाँस, १ सय ८० कुखुरा, ३ हजार ७ सय २० अण्डा र दुई सय ५० किलो दाना नष्ट गरिएको हो ।  ।

धर्मस्थलीको लामबगर र घट्टेडाडामा रहेका कृषकको पोर्ट्री फर्ममा बर्ड फ्लू भेटिए पछी ३५ सय हाँस खोरमै मारिएका हुन । एक महिनाअघी विना कारण फर्मका हाँस मर्न थालेपछी उपचार गराएकी स्थानीय शान्ति तामाङले जेठ पहिलो साता केन्द्रिय पशु रोग अन्वेषण कार्यालयमा लगेको मृत हाँस परीक्षण पछी बर्ड फ्लूको संक्रमण पुष्टी भएको थियो । त्यस लगत्तै कार्यालयका प्राविधिकहरुले धर्मस्थलीका विभिन्न स्थानमा रहेका पोल्ट्रि फर्मबाट नमुना संकलन गरी परीक्षण गर्दा अन्य दुइवटा पोल्ट्रि फर्ममा समेत बर्ड फ्लू भेटिएको थियो । संक्रामक बर्ड फ्लू भेटिएपछी जिल्ला प्रशासन कार्यालय, जिल्ला पशु सेवा कार्यालय, सरुवा रोग नियन्त्रण महाशाखा लगायतका निकायले संयुक्त रुपमा नियन्त्रणको कदम चालेको  जिल्ला पशु कार्यालय काठमाण्डौंका प्रमुख गौरीनाथ श्रेष्ठले बताए ।

धर्मस्थलीमा भेटीएको बर्ड फ्लू संक्रमण उपत्यकाका अन्य स्थानमा भने नदेखिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । चीतवनमा देखिएको संक्रमण काठमाण्डौंमा पनि भेटीएपछी उपत्यका भित्रने सबै नाकाहरुमा भने चेकजाच कडा गरी सतर्कता बढाइएको छ । रोग संक्रमित कुखुराबाट हुने जोखिम त छदै थियो अझ कुखुरा र हाँस पनि मारिएपछी कृषकहरुले लाखौ घाटा सहनुपरेको थियो । संक्रमित कुखुरा हाँस र तीनको चल्ला अण्डा दाना लगायत नष्ट गर्दा सरकारले फर्म संचालक किसानलाइ बजारमूल्यको ७५ प्रतिशत सम्म क्षतिपूर्ती दिने व्यवस्था  भएपनि ५ बर्ष अघी पनि समयमै क्षेतिपुर्ति नपाएका कृषक यसपटक पनि क्षेतिपुर्ति समयमा पाउने कुरामा संसंकित रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x