Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडाैं, १६ मंसिर ।  शुक्रबार पनि नेपाली बजारमा  सुनचाँदीको मूल्य बढेकाे छ । सुनकाे मूल्य आज एकैदिन ताेलामा १००० रूपैयाले बढेकाे हाे ।

छापावाल सुनकाे मूल्य आज ताेलाकाे ९९ हजार १ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजो पनि सुनको भाउ ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनकाे मूल्य आज ताेलाकाे ९८ हजार ६०० रूपैयाँ कायम भएकाे छ । हिजाे तेजावी सुन प्रतिताेला ९७ हजार ६०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x