नीति तथा तथा कार्यक्रममाथि प्रधानमन्त्रीले संसदमा जवाफ दिदैं
प्रधानमन्त्री के पी शर्मा ओलीले सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी सांसदहरुले उठाएका प्रश्नहरमाथि संसदमा जवाफ दिनु हुने भएको छ । प्रधानमन्त्री ओलीले विहान ११ बजे प्रतिनिधि सभामा र अप्रहान्न १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा संसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि दुवै सदनमा भएका छलफलमा सांसदहरुले राख्नुभएका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लाग्नुभएको हो । संसदमा नीति तथा कार्यक्रम माथि ६ बटा संसोधन दर्ता भएका छन् । प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम निर्णायार्थ पेश हुने र दुवै सदनले नीति तथा कार्यक्रम आजै परित गर्ने बताइएको छ ।