Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकलाई वसुन्धराको ‘द डालो रेष्ट्रो’ मा विशेष छुट

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकलाई वसुन्धराको ‘द डालो रेष्ट्रो’ मा विशेष छुट

काठमाडौं, १९ मंसिर । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन वसुन्धराको ‘द डालो रेष्ट्रोे’ रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौतापश्चात्् मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धराको “द डालो रेष्ट्रोे” मा फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x