Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘धान खरिद प्रकृया सुरू नहुँदा सस्ताे मूल्यमा बेच्न बाध्य किसान’

‘धान खरिद प्रकृया सुरू नहुँदा सस्ताे मूल्यमा बेच्न बाध्य किसान’

काठमाडाैं, २१ मंसिर । मंसिर मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रकृया सुरू नगरेकाे  कारण किसानहरू व्यापारीहरूलाई सस्ताे मूल्यमा बेच्न बाध्य भएकाे नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले बताए । अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघकाे संयुक्त पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष तिमिल्सिनाले धानबाली भित्र्याउने समयमा खरिद प्रकृया अगाडी बढाउनु पर्नेमा सम्पूर्ण उत्पादित धान व्यापारी कहाँ पुग्दासम्म धान खरिद गर्ने सरकारकाे निकाय मुखदर्शक बनेकाे बताएका हुन् ।

उक्त कार्यक्रममा बाेल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले धान खरिदका लागि आवश्यक बजेट निकासा नगरेका कारण धान खरीद प्रकृया अगाडी नबढेकाे बताए । सरकारले ताेकेकाे धानकाे मूल्य गत वर्ष भन्दा केहि वृद्धि गरे पनि लागत मूल्य र मुद्रास्फीतिका आधारमा सरकारले निर्धारणगरेकाे मूल्यले पनि किसानलाई लाभ नपुग्ने पनि उनले बताए ।

धान खरिद प्रकृया अगाडी बढाउन माग गर्दै किसान महासंघले हिउदे खेतिका लागि समेत तत्काल आवस्यक मलकाे व्यवस्था गर्न माग गरेकाे छ । उनीहरूकाे माग पुरा नभए अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघ संयुक्त रूपमा संघर्षमा उत्रने बताएकाे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x