Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पाल्पाको तिनाउमा टेलिकमको टावर बिस्तार

पाल्पाको तिनाउमा टेलिकमको टावर बिस्तार

काठमाडौं, २२ मंसिर । पाल्पाको तिनाउ–२, दोभानमा टेलिकमको टावर बिस्तार गरिएको छ । यसअघि टावर नहुँदा यस क्षेत्रका मानिस नेपाल टेलिकमको मोबाइल फोन सेवाबाट समेत बञ्चित थिए ।

उनका अनुसार नयाँ टावर बिस्तार गरेपछि दोभानको झ्याङ्ला, बगाहा, नुवाकोट, खुर्साने, हरियाली गाउँ, सुकेतालका स्थानीय बासिन्दालाई सेवा पाउन सहज हुनेछ । यसअघि यस क्षेत्रमा टेलिकमको टावर नटिप्दा स्थानीय बासिन्दाले सास्ती भोग्दै आएका थिए । अब फोन गर्न, इन्टरनेट सुविधा लिन सहज भएको स्थानीय बासिन्दाको भनाइ छ ।

टेलिकमको टावर बिस्तारका लागि वडा कार्यालयको सहयोग, नेपाल टेलिकमको बजेट र स्थानीय बासिन्दाको श्रमदानबाट सम्पन्न भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x