Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अन्तर्राष्ट्रिय किसानको विश्वव्यापी सम्मेलन आजदेखि नेपालमा हुँदै

अन्तर्राष्ट्रिय किसानको विश्वव्यापी सम्मेलन आजदेखि नेपालमा हुँदै

काठमाडौं, २६ मंसिर । अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको सम्मेलन आजदेखि पुस २ गतेसम्म काठमाडौंमा हुँदै छ । ललितपुरको गोदावरीमा हुने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायत ८० राष्ट्रका किसान सङ्गठनका नेतृत्व तथा प्रतिनिधिको सहभागिता रहनेछ । उक्त आन्दोलनअन्तर्गत प्रगतिशील वामपन्थी, खाद्य सम्प्रभुता पक्षधर राष्ट्रको सञ्जाल विश्वव्यापी रुपमा विस्तार गरिएको छ ।

विश्वका अधिकांश मुलुकलाई समेट्ने गरी किसान सङ्गठनलाई क्षेत्रीय विभाजन गरिएको छ । दक्षिण एशिया, दक्षिण पूर्वी एशिया, मध्य पूर्वी एशिया, युरोप, उत्तर अमेरिका, मध्य अमेरिका, दक्षिण अमेरिका, पश्चिम अफ्रिका, मध्य अफ्रिका, दक्षिण अफ्रिका, उत्तर अफ्रिकाका किसान सङ्गठनका नेताहरूले बैठकमा कोभिडपछि अन्तर्राष्ट्रिय तहमा देखा परेको आर्थिक मन्दीले बढेको खाद्य सङ्कट, गरिबी, भाकमारीका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका उत्पादन र उत्पादकत्वमा आएको कमी, शक्ति राष्ट्रहरूबीच चलेको युद्धले कृषि क्षेत्रमा देखापरेको असर, जनताका खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर्ने, किसानको जीवन र जिविकामा सुधार ल्याउन उनीहरुको आर्थिक रुपान्तरणका विषयमा बैठकमा गहन छलफल गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x