Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

भारतीय दूतावासले वर्ष भरी कोदोको प्रर्वधन गर्ने

भारतीय दूतावासले वर्ष भरी कोदोको प्रर्वधन गर्ने

काठमाडाैं, १ पुस। भारतीय दूतावासले वर्ष भरी कोदोको प्रर्वधन गर्ने भएकाे छ।  कृषिमा भारत–नेपालबीचको सहकार्यलाई निरन्तरता दिदै अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ मा केन्द्रित हुँदै दूतावासले वर्ष २०२३ भरी नै विविध गतिविधि तथा कार्यक्रममार्फत कोदोको प्रर्वधन गर्ने भएकाे छ।

भारतीय राजदूतावास, काठमाडौंले इन्टरनेस्नल इयर अफ मिल्लेट्स-२०२३ को सुरुवाती कार्यक्रमको रुपमा कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (APEDA) सँगको सहकार्यमा मिति २०७९ मंसिर २९ गते भारत–नेपाल कृषि भेलाको आयोजना गरेकाे थियाे।

उक्त कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद्ले पनि सहभागिता जनाएको थियो । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले कार्यक्रममा सहभागी नेपाली टोलीको नेतृत्व गरेका थिए । भारतको पहलमा ७२ अन्य देशहरुले समर्थन जनाउँदै सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षको रुपमा मनाउने प्रस्ताव सन् २०२१ मा संयुक्त राष्ट्र संघले पारित गरेकोे थियो ।

भारत विश्वमै सबैभन्दा धेरै कोदो उत्पादन गर्ने देश हो । भारतले नौ विभिन्न प्रजातिका करिब १७ मिलियन टन कोदो उत्पादन गर्दछ जुन विश्वव्यापी उत्पादनको लगभग २० प्रतिशत हो । कोदोमा विभिन्न पौष्टिक तत्वहरु पाइन्छन् । कोदो पर्याप्त पानी नपाइने सुख्खा जमिनमा, कम वर्षा हुने स्थानमा सहजै फल्छ र मौसम परिवर्तनले पनि खासै प्रभाव पार्दैन । मुलुकको आत्मनिर्भरता बढाउन तथा आयातित अनाज÷अन्नमा निर्भरता कम गर्न कोदोको भूमिका प्रभावकारी हुने खाद्य तथा कृषि संगठनको ठम्याई छ ।
भारत–नेपाल कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको र विशेष गरी कृषि अनुसन्धान, विकास र शिक्षा सम्बन्धी सहयोगात्मक परियोजनामा केन्द्रित ‘कृषिमा भारत–नेपाल नयाँ साझेदारी’ मा आधारित छ । भारत र नेपाल कोदो लगायतका विभिन्न कृषि उत्पादनका लागि एक अर्काका महत्वपूर्ण व्यापारिक साझेदार हुन् ।

भेलालाई सम्बोधन गर्दै दूतावासका नियोग प्रमुख श्री प्रसन्न श्रीवास्तवले विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्व रहेको चर्चा गर्नुभयो । ब्एभ्म्ब् का निर्देशक डा. तरुण बजाजले अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ का लागि ब्एभ्म्ब् ले गरेको निर्यात प्रर्वधन र क्षमता अभिवृद्धि प्रयासको बारेमा विस्तृत जानकारी दिए ।

सो अवसरमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले नेपालमा कोदोको महत्वबारे बोल्नुभयो । उहाँले कृषि क्षेत्रमा रहेका द्विपक्षीय सहकार्यका क्षेत्रहरु पनि पहिचान गर्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले ‘Millets Promotion Endeavours of the Government of Nepal and International Year of Millets 2023’ बारे प्रस्तुति दिनुभयो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x