Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

बाहिरिदै कृषि विकास बैंकका प्रमुख, यस्तो रह्यो चार वर्षको उपलब्धि

बाहिरिदै कृषि विकास बैंकका प्रमुख, यस्तो रह्यो चार वर्षको उपलब्धि

काठमाडाैं, ६ पुस । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल उपाध्यायकाे कार्यकाल आगामी आइतबारदेखि सकिने भएकाे छ । पुस १० गते उनकाे सकिने भएकाे हाे । यसै क्रममा कार्यक्रम अर्थकाे अर्थसँग कुरा गर्दै उनले आफ्नो ४ वर्षे कार्यकाल उपलब्धिपूर्ण रहेकाे बताए ।

उनले आफ्नाे ४ वर्षे कार्यकालमा देशका दूरदराजमा रहेका जनतासामु वित्तीय पहुँच विस्तार गर्दै उद्यमशीलताको विकास एवं आर्थिक अवस्थामा सुधार गरी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेकाे बताए । यसै क्रममा उनले आफुले कार्यकाल सम्हाले यता लगानीकर्तालाई राम्राे प्रतिफल दिन सकेकाे, निक्षाेपमा वृद्धि गरेकाे आन्तरिक कर्मचारी सुशासन, आन्तरिक सुदृढीकरण लगायत उल्लेख्य फड्काे मार्न सफल भएकाे बताएका छन् । यस्तै उनले लगानीकर्तालाई २२ प्रतिशत भन्दा बढी लाभांश वितरण गरेकाे बताए ।

वाणिज्य बैंकिङ्ग कारोवारका अतिरिक्त अन्य आधुनिक बैंकिङ्ग सेवा सुविधाहरु सर्वसाधारणको घरदैलोमा पुर्याउने र कुनै न कुनै रुपमा बैंकसँग आवद्ध गर्दै ग्राहकलाई सम्पूर्ण बैंकिङ्ग सुविधासहितको घर आँगनकाे बैंक बनेर सहरी तथा ग्रामीण क्षाेत्रकाे जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै उनीहरूकाे विस्वास जित्न सफल भएकाे बताए । यसै क्रममा ग्रामिण स्तर सम्म २८० भन्दा बढी शाखा विस्तार भएकाे बताए ।

आफ्नै कार्यकालमा उनले लाखौं लाख कृषक, उद्यमीहरुलाई प्राेत्साहन गरी कृिष क्षेत्रलाई अगागी बढाउन १८ अर्बका ठुला परियाेजनामा लगानी गरेकाे बताए

यस्तै अत्याधुनिक प्रविधियुक्त सम्पूर्ण बैंकिङ्ग सेवामा थप फड्को मार्दै बैंकले अन्य विकास बैंकहरूमा टेक्नाेलाेजी बेस्ड प्राेडक्ट तथा सेवा विस्तार गरी बढीभन्दा बढी ग्राहकहरुसमक्ष भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्ने कार्यमा निरन्तर रुपमा अघि बढेकाे उनले बताए  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *