Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२८ खर्ब ३३ अर्ब तरलता प्रवाह

२८ खर्ब ३३ अर्ब तरलता प्रवाह

काठमाडौं, १० पुस । चालू आर्थक वर्षको पहिलो चार महिनामा नेपाल राष्ट्र बैंकले २८ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी तरलता प्रवाह गरेको छ । समीक्षा अवधिमा केन्द्रीय बैंकबाट रिपोमार्फत रू.२ खर्ब ३ अर्ब ८७ करोड, सोझै खरिद बोलकबोलमार्फत रू. ७२ अर्ब २० करोड र स्थायी तरलता सुविधामार्फत रू. २५ खर्ब ५७ अर्ब ४ करोड गरी कुल रू. २८ खर्ब ३३ अर्ब ११ करोड तरलता प्रवाह गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद १७ खर्ब ३६ अर्ब ८४ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ५२ करोड खुद खरिद गरी रू. १ खर्ब ९५ अर्ब ८६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४१ करोड ३४ लाख खुद खरिद गरी रू. ४९ अर्ब ५९ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ३६ करोड बिक्री गरी रू. १ खर्ब ७५ अर्ब १६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ३६ करोड बिक्री गरी १ खर्ब ६१ अर्ब ८४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x