Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न पाेखरा जाँदै प्रधानमन्त्री प्रचण्ड

अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न पाेखरा जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाेखरा जाने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार प्रधानमन्त्री बिहान ११ : ०० बजे पोखरा पुग्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा पुग्ने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्र पत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन् ।

पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उनले जानकारी दिए । विमानस्थल शुभारम्भकै अवसरमा बिहान १०ः०० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म र्‍याली आयोजना गरिएको छ । र्‍यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर ११ः०० बजे हुने उद्घाटन समारोहमा सहभागी बन्नेछन् । उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६ः०० बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x