Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आज पनि बढ्याे सुनकाे मूल्य, प्रतितोला १ लाख १७०० रूपैयाँमा कारोबार हुँदै

आज पनि बढ्याे सुनकाे मूल्य, प्रतितोला १ लाख १७०० रूपैयाँमा कारोबार हुँदै

काठमाडौं, १७ पुस । आइतबार पनि नेपाली बजारमा सुनकाे मुल्य बढेकाे छ । गत शुक्रबार ताेलामा ५०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि ३०० रूपैयाँले बढेकाे हाे ।

गत शुक्रबार एक लाख एक हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँ निर्धारणा गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  यो मूल्य पुस महिनाकै उच्च हो ।

यस्तै तेजावी सुनकाे मूल्य ताेलाकाे १ लाख १२०० रूपैयाँ निर्धारण भएकाे छ । शुक्रबार तेजावी सुन प्रतिताेला  १ लाख ९०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x