Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

१७ औं वर्षमा मुक्तिनाथ विकास बैंक, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

१७ औं वर्षमा मुक्तिनाथ विकास बैंक, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

काठमाडौं, १९ पुस । मुक्तिनाथ विकास बैंकले स्थापनाको १६ औं वर्ष पुरा गरी १७ वर्षमा प्रवेश गरेको छ । पुस १७ गते १७ वर्षमा प्रवेश गरेको बैंकले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।

यस अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा समुद्घाटन गरेको थियो ।

यस्तै, बैंकले देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन गरेको छ भने विभिन्न उच्च माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विभिन्न सामग्री वितरण गरेको छ ।

साथै, बैंकले अनाथ तथा बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने मानव आश्रमहरुमा आत्मनिर्भरता बढाउन ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ सम्बन्धी सामाग्री हस्तान्तरण गर्नुको साथै विभिन्न स्थानमा स्वच्छ पिउने पानीको व्यवस्थापन गरेको छ । बैंकले अस्पताल निर्माणमा पनि सहकार्य गर्ने भएको छ ।

बैंकका अध्यक्ष भरत राज ढकालले वार्षिकोत्सवको अवसरमा देशको अर्थतन्त्र र विकासमा बैंकले सधै योगदान दिने प्रतिबद्धता जनाएका थिए ।

सोही अवशरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धी, बर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x