Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

१७.९२ अंकले बढ्याे नेप्से परिसूचक, पाँच अर्ब नाघ्यो काराेबार रकम

१७.९२ अंकले बढ्याे नेप्से परिसूचक, पाँच अर्ब नाघ्यो काराेबार रकम

काठमाडौं, २१ पुस । बिहिबार पनि  नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । बुधबार ६४.८७ अंकले बढेकाे नेप्से परिसूचक आज पनि १७.९२ अंकले बढेर दुई हजार एक सय ४३ दशमलब ७६ विन्दुमा बन्द भएको हाे ।

बुधबार ६४.८७ अंकले बढेकाे नेप्से दुई हजार एक सय २५ दशमलब ८४ विन्दुमा बन्द भएको थियो । मंगलबार नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको थियो  ।

त्यस्तै, आज शेयरबजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज पाँच अर्ब ४० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार तीन अर्ब भन्दाबढीको बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । आज चार वटा कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।  नेप्सेका अनुसार आज नौं कम्पनीको शेयरमूल्य ९.८९ प्रतिशतले बढेको छ । जस मध्ये पाँच वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x