Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

कृषिमा आत्मनिर्भरको उदेश्यले कागेश्वरीमा सुरु भयो हरहर महादेव कृषि केन्द्र

कृषिमा आत्मनिर्भरको उदेश्यले कागेश्वरीमा सुरु भयो हरहर महादेव कृषि केन्द्र

काठमाडौं, २१ पुष।  कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गर्नुभएको छ ।

हरहर महादेव साकोस (सहकारी संस्था) को भागिनी संस्थाको रुपमा रहेको हरहर महादेव कृषि केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख कार्कीले गर्नुभएको हो ।

चालिस रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको यो परियोजनालाई नगरपालिकाको नमूना परियोजनाको रुपमा हेरिएको छ । परियोजनाको उद्घाटन गर्दै नगर प्रमुख कार्कीले यसलाई नमूना बनाउन आफूले हर सहयोग गर्ने बताउनुभयो ।

यो परियोजनाले नगरपालिकालाई कृषिमा समृद्ध बनाउन सहयोग पुर्याउने भन्दै उहाँले यसले नगरभित्र रोजगारीको सिर्जना पनि गर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगरपालिकाको उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौलाले परियोजना सफलताका लागि शुभकामना दिँदै नगरपालिकाले आवश्यक समन्वय गर्न कन्जुस्याई नगर्ने बताउनुभयो ।

सो अवसरमा वडा अध्यक्ष रामजी पुडासैनी ,वडा सदस्य तथा नगरपालिकाका कर्मचारीको पनि उपस्थिती रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x