‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ आयोजना गर्दै भारत

काठमाडाैं, ३२ पुस । भारतले भर्चुअल शिखर सम्मेलनको आयोजना गर्ने भएकाे छ । यहि पुस २८ र २९ गते दुई दिन राजदुतावासले उक्त शिखर सम्मेलनको आयोजना गर्ने भएकाे हाे ।
‘युनिटी अफ भ्वाइस, युनिटी अफ पर्पोज’ विषयवस्तु अन्तर्गतको यस ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ ले ग्लोबल साउथका राष्ट्रहरुलाई साझा मञ्च प्रदान गरी उनीहरुका विचार तथा प्राथमिकता एक अर्कासँग आदानप्रदान गर्न उनीहरुलाई एकै ठाउँमा ल्याउने विश्वास गरिएकाे छ ।
उक्त सम्मेलनमा सहभागी हुन १२० भन्दा बढी राष्ट्रलाई आमन्त्रित गरिएको छ । भ्वाइस अफ ग्लोबल साउथ समिटमा सहभागी राष्ट्रहरुबाट आएका अमूल्य सुझावहरुलाई विश्वव्यापी रुपमै ध्यानाकर्षण गराउनेतर्फ भारतले काम बताइएकाे छ ।
यस बाहेक जी–२० को अध्यक्षता सम्हालेको भारतले जी–२० प्रक्रियामा आवद्ध नभएका राष्ट्रहरुलाई जी–२० मार्फत उनीहरुका विचार र अपेक्षा साटासाट गर्न एक विशेष र बलियो अवसर प्रदान गर्ने छ भने जी–२० का सदस्यहरुसँग मात्र परामर्श नगरी ग्लोबल साउथका अन्य राष्ट्रहरुका आवाजलाई पनि उत्तिकै महत्व दिदै भारतको जी–२० अध्यक्षतालाई पूर्णता दिने बताइएकाे छ ।