Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमितिको सर्वसम्मत चयन

बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमितिको सर्वसम्मत चयन

काठमाडाैं २५, पुष। “उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराकासाथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारण सभा मिति २०७९ पौष २४ गते सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिकाे अध्यक्ष पदमा पवनकुमार गोल्यान (वाणिज्य बैंक),वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह (वाणिज्य बैंक) र राजेश उपाध्याय (विकास बैंक), महासचिवमा राजनसिंह भण्डारी (वाणिज्य बैंक), कोषाध्यक्षमा तुल्सीराम अग्रवाल (वाणिज्य बैंक) , सचिवमा कुश प्रसाद मल्ली (फाइनान्स कम्पनी), सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ (वाणिज्य बैंक), सदस्यमा उपेन्द्र केशरी न्यौपाने (वाणिज्य बैंक) ,सदस्यमा उपेन्द्र प्रसाद पौडेल (वाणिज्य बैंक), लिला प्रकाश सिटौला (वाणिज्य बैंक), मोतिलाल दुगड (वाणिज्य बैंक), राधेस पन्त (वाणिज्य बैंक),महेन्द्र कुमार गोयल (विकास बैंक),भरतराज ढकाल (विकास बैंक) र प्रो.हिरेन्द्र मान प्रधान (फाइनान्स कम्पनी) रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाईमा पु¥याउदै, मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाकोरुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने अभिन्न सहयोगी संस्थाकोरुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा उद्घाटन गरिएको उक्त साधारण सभाको बन्द सत्र नयाँ वानेश्वरस्थित द एभरेष्ट होटलमा सम्पन्न गरिएको थियो ।

सिबिफिनको उक्त साधारण सभाको समुद्घाटन समारोहका प्रमुख अतिथि राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले शुभकामना मन्तव्य राख्दै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व बढाउने दिशामा अग्रसर हुन र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट भएर लागि पर्न सबै पक्षहरुलाई सुझाव दिइन् ।

त्यसैगरी विशिष्ट अतिथिद्वय मन्त्री राजेन्द्र कुमार राई, वरिष्ठ अर्थविद् तथा पूर्व अर्थ मन्त्री डा. युवराज खतिवडा, विशेष अतिथि गभर्नर महाप्रसाद अधिकारीले शुभकामना मन्तव्य राख्दै मातहतका निकायहरुसँगको सहकार्यमा सिबिफिनले समग्र अर्थतन्त्रको सवलीकरणका लागि निर्वाह गर्दै आएको भूमिकालाई थप विस्तार गर्ने अपेक्षा व्यक्त गरे।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x